पत्रकार मोहन काजी र धमेन्द्र झालाई ‘सूचनाको अधिकार पुरस्कार’

2021-03-07 मा प्रकाशित

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले पत्रकार मोहन काजी र धमेन्द्र झालाई ‘सूचनाको अधिकार पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

महासंघको मोरङ शाखाले स्थापना गरेको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट झापाका काजी र काठमाडौंका झालाई सम्मानित गर्ने भएको हो । ।पत्रकार मोहन काजी महासंघको पूर्व केन्द्रीय सदस्य हुन् । उनी लोकतन्त्र पोस्ट दैनिकको संस्थापक सम्पादक समेत छन् ।झा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष हुन ।

आगामी फागुन २८ गते विराटनगरमा एक समारोहबीच पुरस्कार प्रदान गरिने महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए ।यसअघिका वर्षहरुमा सो पुरस्कारबाट शिव गाउँले, तारानाथ दाहाल, बिनय कसजु, गणेश लम्साल र राजु श्रेष्ठ सम्मानित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु