मेचीनगरलाई एक अर्ब बजेट अनुदान

2021-03-07 मा प्रकाशित

मेचीनगर, २३ फागुन । नेपाल सरकारले मेचीनगर नगरपालिकालाई भौतिक पूर्वाधार र सुशासनका लागि लगभग एक अर्ब बजेट दिने भएको छ ।

नगरपालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि सरकारबाट आएको यो सबैभन्दा ठूलो विकास बजेट हो ।नगरकी कार्यवाहक उपप्रमुख मीना उप्रेतीका अनुसार शुक्रवार सो सम्बन्धी सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गरेका छन् ।सहरी विकास तथा भवन निर्माण शाखामार्फत सञ्चालन हुने सो बजेट ऋण नभएको र पुरै अनुदान भएको उप्रेतीले जनाइन् ।सो बजेट नेपाल सरकारलाई विश्व बैंकले दिएको हो । सरकारले मेचीनगर नगरपालिकालाई दिएको उनले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु