काँकरभिट्टा, २३ फागुन । काँकरभिट्टामा आयोजित मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा आयोजित प्रतियोगितामा मेचीनगरका ४१ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा छात्र–छात्राको रिले, एथलेटिक्स दौड, फिल्ड ट्रयाक, भलिवल, कवडी, उसु, कराँते, काँता लगायत विभिन्न विद्याका खेल सम्पन्न भएको हो ।
प्रतियोगिता आयोजक समितिका संयोजक विक्रम भेटवालको सभापतित्व तथा मेचीनगर पालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेश अतिथि मेचीनगरपालिकाकी उपप्रमुख मिना उप्रेती, नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, खेलकुद समितिका संयोजक नवीन बराल, इलाका प्रहरी कार्यालयका डीएसपी शुनिल दाहाल, शसस्त्र प्रहरी बल सीमा सुरक्षा काँकरभिट्टाका प्रमुख प्रेम राई लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा विभिन्न खेलमा उत्कृष्ट खेलाडीहरुलाई ट्फी, प्रमाणपत्र तथा पुरस्कारहरु वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन काँकरभिट्टा माविकी शिक्षक सुभद्रा भट्टराई अर्यालले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्