मेचीनगर ५ का भीमनारायण श्रेष्ठ दुई दिनदेखि बेपत्ता

2021-03-07 मा प्रकाशित

मेचीनगर,२३ फागुन । मेचीनगर ५ पाथीभरा टोल निवासी ५५ वर्षीय भीमनारायण श्रेष्ठ शनिबार विहान देखि हराएका छन् । शुक्रबार बेलुका खाना खाएर सुतेका श्रेष्ठ शनिवार बिहान करिव ४ बजेपछि घरबाट हिडेको परिवारले जनाएको छ । बेलुका सँगै खाना खाएर हामी सुतिउ बिहान करिव ४ बजे बुबा उठेर बाहिर निस्कनुभयो तर घर फर्किएर आउनु भएन त्यस पछि हामीले इलाका प्रहरी कार्यालय तथा बिभिन्न क्षेत्रमा खोजिको लागिअनुरोध गरेपनि हालसम्म फेला नपरेको जेठा छोरा लिलाधर श्रेष्ठले मेची आवाजलाई जानकारी दिए । हापिन ,कोठेसट र खाली खुट्टामै घरबाट हिडेका श्रेष्ठको एक्लै बोल्दै हिडने बानी रहेको परिवारले जनाएको छ । उनको मानसिक संतुलन समेत केहिमहिना यता कमजोर बन्दै आएको थियो ।उनको खोजिको लागि परिवारले सवै सँग अनुरोध गरेको छ भने फेला पार्नुहुने महनुभावहरुले ९८२४०८५६१८ मा सम्पर्क गरिदिनुहुन समेत अनुरोध  गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु