झापामा थप एक व्यक्तिमा कोरोना पुष्टि

2020-05-18 मा प्रकाशित

झापा,५जेठ । झापा जिल्लामा सोमबार थप एक व्यक्तिमा कोरोना पुष्टि भएको छ ।कचनकवल गाउँपालिका वडानम्बर –६का ३२ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

शनिबार भारतको मुम्बईबाट लुकिछिपि सीमा नाका छिरेर घर आइपुगेका उनलाई पक्राउ गरी पथरिया क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा आरडीटी टेष्ट गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनको पीसीआर टेष्टका लागि बिराटनगर स्थित स्वाब परिक्षण प्रयोगशालामा पठाइएको उनले बताए । सोमबार उनको स्वाबको रिपोर्ट पोजेटिभ आएको चौलागाईले जानकारी दिए ।

कोरोना पुष्टि भएपछि उनलाई सोमबार साँझ विराटनगर स्थित कोभिड अस्पताल उपचारका लागि पठाइएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि दमक, बाह्रदशीका एक÷एक जनामा कोरोना देखिएको थियो ।

बाह्रदशीका ६२ वर्षीय व्यक्ति निको भएर यसअघिनै घर फर्किसकेका थिए भने दमकका ५२ वर्षीय कोरोना संक्रमित समेत आज निको भएर घर फर्किएको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु