मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न १८ स्वर्ण पदक सहित धुलावारी मा वि प्रथम

2021-03-08 मा प्रकाशित

काँकरभिट्टा, २४ फागुन÷ झापाको मेचीनगरमा सम्पन्न मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा धुलावारी माध्यमिक विद्यालय प्रथम भएको छ । शुक्रबारबाट काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा शुरु प्रतियोगिताको आइतबार सम्म विभिन्न विधामा भएका खेलकुदमा १८ स्वर्ण पदक प्राप्त गदैं धुलावारी मावि प्रथम भएको एन प्याव्सन मेचीनगर अध्यक्ष भगिरथ राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ स्वर्ण सहित हिमालयन एकाडेमी धुलावारीले दोस्रो स्थान हासिल गरेको भने इष्ट होराईज माध्यमिक विद्यालय धुलावारीले २ स्वर्ण र ८ रजतसहित तेस्रो भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

नगरभरि ५९ निजी ४१ सामुदायिक र ३ धार्मिकगरी कुल १ सय ३ वटा विद्यालय भएपनि प्रतियोगितामा सामुदायिक र निजी गरी ५६ वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रम सञ्चालक तथा काँकरभिट्टा माध्यमिक विद्यालयका शिक्षक सुभद्रा भट्टराईका अनुसार ३ हजार छात्रतर्फको दौडमा धुलावारी माविका शुकराज तामाङ प्रथम, पशुपति माविका अर्जुन बस्नेत दोस्रो र काँकरभिट्टा माविका गोविन्द खडका तेस्रो भए ।

यसैगरी छात्रतर्फको सटपुटमा बालकल्याण माविका रोशन चिमिरिया १४ दशमलव ८ मिटरसहित प्रथम, इष्ट होराईजन माविका विवेक खडका १३ दशमलव ५१ मिटरसहित दोस्रो र बलभद्र मावि धाइजनका सविन मेचे १३ दशमलव ३० मिटरसहित तेस्रो स्थान ओग्टन सफल हुनुभयो । ज्यालिन थ्रो छात्रतर्फ बालकल्याण माविका रोशन चिमरिया ३४ दशमलव ७० मिटरसहित प्रथम, पवित्रा मावि बाहुनडाँगीका अभिशेक राई ३२ दशमलव ५० मिटरसहित दोस्रो र धुलावारी माविका शुकराज तामाङ ३२ मिटरसहित तेस्रो हुनुभएको प्रतियोगिताको सचिवालयले जनाएको छ ।

छात्रतर्फको १ सय मिटर दौडतर्फ इष्ट होराइजन मावि धुलावारीका अभिनाश चौधरी प्रथम,काँकरभिट्टा माविका राजधर्ती क्षेत्री दोस्रो तथा बाल कल्याण मावि र कन्भेन्ट माविका क्रमस रोशन चिमरिया र आकाश साह तेस्रो हुनुभयो । यसैगरी ४ सय मिटर छात्रतर्फको दौडमा शहिद दशरथ चन्द मावि चारआलीका रता राजवंशी, धुलावारी माविका सागर राजवंशी र हिमालयन एकाडेमीका रोहन खड्का क्रमस प्रथम, दोस्रो र तेस्रो भए । २सय मिटर छात्रतर्फ धुलावारी माविका पाल्देन तामाङ्ग र दोकान डाडा माविका प्रथम राई प्रथम, इष्ट होराइजन माविका सन्दिप खवास दोस्रो र हिमालय एकाडेमीका ज्ञानेन्द्र थापा तेस्रो भए भने ८ सय मिटर दौडमा हिमालयन एकाडेमीका रोहन खड्का प्रथम, कन्भेन्ट अंग्रेजी विद्यलायका आकाश शाह दोस्रो र एभरेष्ट भ्यु अंग्रेजी विद्यालयका पर्वत लिम्बु तेस्रो भए ।

छात्रतर्फकै ४ सय ÷४ रिले दौडमा धुलावारी माविका सागर राजवंशी, मिलन राजवंशी, शुकराज तामाङ्ग अरुण राई प्रथम, इष्ट होराईजन माविका नविन अधिकारी, अजय सहनी,विवेक खड्का र निष्पक्ष वराल दोस्रो र हिमालयन अंग्रेजी एकाडेमीका रोहन खड्का,अर्पण लेप्चा, अशोक राजवंशी र किरण चौधरी तेस्रो भएका थिए । १५ सय मिटरतर्फ धुलावारी माविका शुकराज तामाङ्ग, इष्ट होराईजन माविका निष्पक्ष वराल दोस्रो र हिमालयन अंग्रेजी एकाडेमीका,अर्पण लेप्चा तेस्रो भए । छात्रतर्फको लङ्गजम्पमा सीताराम सामुदायिक माविका योगेन्द्र कडरिया प्रथम, इष्ट होराईजन माविका अभिनास चौधरी दोस्रो र धुलावारी माविका मुकेश चौधरी तेस्रो भए । हाईजम्पतर्फ धुलावारी माविका राजिव दनुवार प्रथम, इष्ट होराईजन माविका सुजन क्षेत्री दोस्रो र माउण्ट प्वाइन्ट माविका समिर मोहरा तेस्रो भए । छात्रतर्फकै ट्रिपल जमपतर्फ धुलावारी माविका मुकेश चौधरी प्रथम, इष्ट होराईजन माविका अभिनास चौधरी दोस्रो र पवित्रा माविका प्रदिप दर्जी तेस्रो भए ।

छात्रकै १ सय÷४ रिले दौडमा इष्ट होराईजन माविका निरज कार्की, अभिनास चौधरी, अरुण मेचे र सन्दिप खवास प्रथम, धुलावारी माविकापुजे तामाङ्ग,पाल्देन तामाङ्ग, सागर राजवंशी र रोहित मेचे दोस्रो र हिमालयन एकाडेमीका मनिष शाह, रोहन खड्का,अशोक राजवंशी र ज्ञानेन्द्र थापा तेस्रो भए ।

छात्रतर्फको ५२ केजी तौल समुहमा धुलावारी माविका दिपक कोइराला प्रथम, एभरेष्ट माविका पुकार लिम्बु दोस्रो र आदर्श माविका योगेश दाहाल र अरुणेदय माविका अर्पण शिवाकोटी तेस्रो भए । ४७ केजी तौल समुहमा कन्भेन्ट स्कुलका सहिल घिमिरे, आदर्शका करण राई धुलावारी मावि र नर्थ प्वाइन्ट माविका मोहन विमली र साजन राई क्रमस प्रथम, दोस्रो र तेस्रो भए । ४२ केजी तौल समुहमा दन्तकाली माविका अर्जुन तिवारी प्रथम, आदर्श माविका विवेक चापागाईँ दोस्रो पवित्रा माविका अभिनास लिम्बु र आदर्श माविका ज्ञानबहादुर विक तेस्रो भएका थिए । छात्रतर्फको एकल कातातर्फ कन्भेन्ट सकुलका शहिल घिमिरे प्रथम, गंगा मेमोरियलका विंशम राजवंशी दोस्रो दन्ताकलीका अर्जुन तिवारी र धुलावारी माविका दिपक कोइराला तेस्रो भए ।

छात्रातर्फको ३ हजार मिटर दौडमा धुलावारी माविका भवानी कामती , पवित्रा माविका रेजिना तामाङ्ग र हिमालय माविका मनिष प्रसाई क्रमस प्रथम दोस्रो र तेस्रो भए । छात्रातर्फकै ८ सय मिटर दौडमा धुलावारी माविका सन्ध्या सापकोटा, पशुपति माविका सृजना बस्नेत इष्ट होराइजन माविका सवना राया तेस्रो भए । सटपुटमा बलभद्र जनता माविका सरिता राजवंशी प्रथम, सरस्वती माविका सृष्टि राई दोस्रो र धुलावारी माविका सलिना तामाङ्ग तेस्रो भए । छात्रातर्फको १ सय मिटर दौडमा हिमालयन एकाडेमीका जीना बुडाथोकी, सरस्वती माविका इसिका करुवा र धुलावारी माविका प्रिया मलाहा क्रमस प्रथम, दोस्रो र तेस्रो भए ।४ सय मिटर दौडमा धुलावारी माविका सन्ध्या सापकोटा,हिमालय एकाडेमीका प्राप्ति खरेल र बालकल्याण माविका एलिना उराउँ क्रमस प्रथम, दोस्रो र तेस्रो भए भने २ सय मिटर दौडमा हिमालयन एकाडेमीका प्राप्ति खरेल प्रथम, धुलावारी माविका प्रिया मलाहा दोस्रो र काँकरभिट्टा माविका अंशिका प्रसाई तेस्रो भए । १५ सय मिटरतर्फ धुलावारी माविका सलिना तामाङ्ग प्रथम, मेची जनसाधारण माविका मनिषा विश्वकर्मा दोस्रो र पवित्रा माविका रेजिना तामाङ्ग तेस्रो भए ।

छात्रातर्फको ४ सय÷४ रिले दौडमा धुलावारी माविका प्रिया मलाहा, सन्ध्या सापकोटा, भवानी कामती र सारा विक प्रथम, बालकल्याण माविका कविता कार्की, एलिना उराउँ, एलिसा सार्की र एञ्जिला राउत दोस्रो र पवित्रा माविका रेजिना तामाङ्ग अर्जुनमाया परियार, आकृति राई र महिमा भण्डारी तेस्रो भए । छात्राकै लङ्गजम्पमा धुलावारी माविका भवानी कामती प्रथम, बलभद्र जनता माविका अप्सरा मेचे दोस्रो र इष्ट होराईजन माविका एलिना दाहाल तेस्रो भए । ज्यामलिन थ्रोमा धुलावारी माविका सलिना तामाङ्ग प्रथम, बलभद्र जनता माविका पसनम मेचे दोस्रो र पवित्रा माविका महिमा भण्डारी तेस्रो भए । ट्रिपल जम्पमा हिमालयन एकाडेमीका प्राप्ति खरेल, धुलावारी माविका भवानी कामत र इष्ट होराइजन माविका सलिना दाहाल क्रमस प्रथम दोस्रो र तेस्रो भए । १ सय÷४ रिले दौडमा धुलावारी माविका सन्ध्या सापकोटा, भवानी कामत, प्रिया मलाहा र सीता खडका प्रथम, हिमालयन अंग्रेजी एकाडेमीका प्राप्ति खरेल, आरती चौधरी, करुणा प्रसाईँ र जिना बुडाथोकी दोस्रो र सरस्वती माविका इसिका करुवा, सेजल देवान, गोमा दाहाल र सृष्टि राई तेस्रो भए । कतातर्फ हिमालय अंग्रेजी एकाडेमीका लक्ष्मी मगर प्रथम, आदर्श माविका मानसी कार्की दोस्रो र शारदा शिशु सदन र बलभद्र माविका रचना साउदेन र भूमिका वराइली तेस्रो भए । करातेको ४० केजी तौल समुहमा आदर्श माविका मान्सी कार्की, नर्थ प्वाइन्ट माविका दिपीका पौडेल, बलभद्र जनता माविका आश्मा आङ्गदेम्बे, र लोफोफोरस माविका श्रेया गुरुङक्रमस प्रथम, दोस्रो र तेस्रो भए । ५० केजी तौल समुहमा हिमालयनका लक्ष्मी मगर, धुलावारी माविका टीका खनाल, बालकल्याण माविका रिस्ता गिरी र लोफोफोरसका खुशी सुवेदी क्रमस प्रथम, दोस्रो र तेस्रो भए । ४५ केजीमा धुलावारी माविका नुङ्गमा इधिङ्गो प्रथम, भानु माविका झरना जोगी दोस्रो र कवि शिरोमणि माविका मनिषा ढुंगाना र भानु माविका रोष्ना जोगी तेस्रो भए ।

प्रतियोगितामा भलिवल कवर्दीललगायतका खेल समावेश गरिएको थियो ।

विभिन्न विधाका विजयी खेलाडीलाई विभिन्न विद्यालयका शिक्षक इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी वल नेपाल वोडर आउट पोस्ट काँकरभिट्टाका विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न खेलका प्रशिक्षकलगायतले मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रतियोगितामा नगर प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यालयलाई शील्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा एउटा विद्यालयबाट ४२ जना विद्यार्थीले विभिन्न खेलका विधामा भाग लिएका थिए । काँकरभिट्टा माध्यमिक विद्यालयको संयोजनमा भएको प्रतियोतिाको समापनका अवसरमा प्रमुख अतिथि नगर प्रमुख आचार्यले मेचीनगरमा मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता आयोजना हुनु नगरपालिका र नगरवासीकालागि गौरवको कुरा भएको बताउनुभयो । उहाँले प्रतियोगिता सभ्य र भव्यरुपमा सफल पार्न भूमिका निर्वाह गर्नुहुने नगरका विद्यालयका शिक्षक, विद्यार्थीलगायत सवैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले खेलकुदले मानिसलाई स्वास्थ र स्फूति बनाउने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीलाई पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागिता जनाउन उहाँहरुले सुझाँव दिनुभयो । खेलकुदसहित विभिन्न प्रकारका प्रतियोगिताले विद्यार्थीभित्र रहेको प्रतिभालाई बाहिर ल्याउन वा उ भित्रको कला प्रष्फुटन गर्न मद्घत पुग्ने उहाँहरुको भनाई थियो । मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता मुल आयोजक समिति अध्यक्ष विक्रम भेटवालको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन प्रतियोगिता सचिवालय सदस्य सुभद्रा भट्टराई अर्यालले गर्नुभएको थियो । योे प्रतियोगितामा छनौट भएका विद्यालयले झापा जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने काँकरभिट्टा माध्यमिक विद्यालय प्रधानध्यापक तुलसीप्रसाद निरौलाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु