एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश १ मुख्य मन्त्री राई सुरक्षित

2021-03-09 मा प्रकाशित

विराटनगर, २५ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेश १ सरकार सुरक्षित भएको छ। सर्वोच्चको परमादेशसँगै एमाले र माओवादी केन्द्रका प्रदेश सांसद्हरूले आ–आफ्नै पार्टीमा फर्किने भएपछि एमालेका शेरधन राई नेतृत्वको सरकार बहुमतमा पुगेको हो।

यसअघि साबिकको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर सांसद्हरूले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि राई नेतृत्वको सरकार अल्पमतमा थियो।

गत पुस १२ गते दाहाल–नेपाल पक्षधर ३७ जना सांसद्ले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्ताव यही फागुन ९ गते संसद्मा टेबलसमेत भएको थियो।

तर, सर्वोच्चको परमादेशसँगै एमाले र माओवादी केन्द्रका प्रदेश सांसद्हरू आ–आफ्नै पार्टीमा फर्किने भएपछि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावसमेत फिर्ता हुने अवस्थामा पुगेको छ।

हाल प्रदेशसभामा नेकपा एमालेको एक्लै बहुमतमा छ। कूल ९३ सिट रहेको प्रदेशसभामा एमालेका ५१ सांसद् छन्। तीमध्ये राईको पक्षमा ३६ जना छन्। बाँकी १५ जना पनि तत्काल राईविरुद्ध उत्रिने सम्भावना कम भएकाले प्रदेश १ सरकार सुरक्षित देखिएको हो।

प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १६, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १–१ सांसद् छन्।प्रदेशसभाको बैठक चैत २ गते बस्ने निर्णय भएको छ। फागुन२५ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेश १ सरकार सुरक्षित भएको छ। सर्वोच्चको परमादेशसँगै एमाले र माओवादी केन्द्रका प्रदेश सांसद्हरूले आ–आफ्नै पार्टीमा फर्किने भएपछि एमालेका शेरधन राई नेतृत्वको सरकार बहुमतमा पुगेको हो।

यसअघि साबिकको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर सांसद्हरूले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि राई नेतृत्वको सरकार अल्पमतमा थियो।

गत पुस १२ गते दाहाल–नेपाल पक्षधर ३७ जना सांसद्ले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्ताव यही फागुन ९ गते संसद्मा टेबलसमेत भएको थियो।

तर, सर्वोच्चको परमादेशसँगै एमाले र माओवादी केन्द्रका प्रदेश सांसद्हरू आ–आफ्नै पार्टीमा फर्किने भएपछि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावसमेत फिर्ता हुने अवस्थामा पुगेको छ।

हाल प्रदेशसभामा नेकपा एमालेको एक्लै बहुमतमा छ। कूल ९३ सिट रहेको प्रदेशसभामा एमालेका ५१ सांसद् छन्। तीमध्ये राईको पक्षमा ३६ जना छन्। बाँकी १५ जना पनि तत्काल राईविरुद्ध उत्रिने सम्भावना कम भएकाले प्रदेश १ सरकार सुरक्षित देखिएको हो।

प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १६, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १–१ सांसद् छन्।प्रदेशसभाको बैठक चैत २ गते बस्ने निर्णय भएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु