रोलिङ क्लब धुलावारी फाइनलमा

2021-03-24 मा प्रकाशित

धुलाबारी, ११ चैत । रोलिङ क्लब धुलावारीको आयोजनामा धुलावारी माविको खेल मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक रोलिङ फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ । आफुले लिइएको अग्रतालाई बचाउन नसक्दा रेडहर्स इलाम फाइनलमा पुग्ने यात्रामा पूर्ण विराम लागेको थियो ।

इलामले खेलको ३९ औँ मिनेटमा गोलको खाता खोल्दै टिमललाई अग्रता दिएको थियो । इलामका बिकेश लिम्बूले गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको धुलावारीले दोस्रो हाफको ८ औँ मिनेटमा कोमल खवासले गोल गर्दै खेललाई बराबरीमा पुरयाए । उनले विदेशी खेलाडी पेपेले दिइएको क्रस पासलाई होल्ड गर्दै जाली चुमाएका थिए ।

दोस्रो हामफको १६ औँ मिनेटमा आयोजकका तीर्थ बस्नेतले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । कप्तान पुजन उपरकोटीको पासलाई प्रहार गरेका बस्नेतको बलमा इलामका गोलरक्षक देबराज लिम्बूले मुभको कुनै मौकै पाएनन् । यसैगरी खेलको इन्जुरी समयमा आयोजककै कोमल खवासले व्यक्तिगत दोस्रो र टिमलाई तेस्रो गोल गर्दै फाइनल पुग्ने यात्रालाई निश्चित गरेका थिए ।

पहिलो हाफमा इलामको एकपछि अर्को बलको सामना गरेको आयोजकले दोस्रो हाफमा लयमा फक्रिएको थियो । दुबै टिमबाट दुई दुई जना विदेशी खेलाडी मैदान उतारेका थिए । खेलको म्यान अफ द म्याच आयोजक टिमका कोमल खवास भए । उनले नगद ५ हजार प्राप्त गरे ।

बिहीवारको दोस्रो सेमीफाइनल खेल शिवसताक्षी फुटबल क्लब र धाइजन–चारआली फुटबल क्लबबीच हुने आयोजक समितिका अध्यक्ष नोमेम्बर नेम्बाङले बताए । प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु