झापामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु

2021-04-02 मा प्रकाशित

भद्रपुर, २० चैत । झापामा हात्तीपाइले रोग विरुद्धको १०औँ पटकको आमऔषधि वितरण अभियान २०७७ को शुक्रबारबाट सुरु भएको छ।
स्वास्थ्य कार्यालय झापाद्वारा चन्द्रढीमा आयोजित एक कार्यक्रमकाबीच भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मेची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।पिताम्बर ठाकुर, जिल्ला समन्वयन समिति प्रमुख सोमनाथ पोर्तेल, सञ्चारकर्मी लगायतले एकसाथ औषधि सेवन गरेर अभियान सुरु गरेका हुन।

कार्यक्रममा समन्वयन समिति झापाका प्रमुख पोर्तेलले सचेत नागरिक रहेको जिल्लाको पहिचान बोकेको झापाले सबै नागरिकले अनिवार्य औषधि सेवन गरेर अभियान सफल पार्नु पर्ने बताए । उनले भ्रमकापछि लागेर औषधि सेवन नगर्दा झापालीको प्रतिष्ठा गुम्ने बताउदै सबैले औषधि सेवन गरेर अभियान सफल बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख श्रेष्ठले औषधि नियमित खान आग्रह गर्दै अभियानको अनुगमन गर्न नगरपालिकाले जनप्रतिनिधहरुलाई खटाईसकिएको वताए ।

स्वास्थ्य कार्यलाय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललले औचित्यमाथि प्रकाश पार्दै यहि चैत मसान्तसम्म सञ्चालन गरिने अभियानमा झापाका ८ लाख १६ हजार बढी नागरिकलाई य पटक हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने योजना रहेको बताए ।

मेची अस्पतालका डा।ठाकुरले ७ दिन सम्मका सुत्केरी, २ बर्ष मुनिका बालबालिका र सिकिस्त विमारी बाहेकका सबैले अनिवार्य औषधि सेवन गर्न आग्रह गर्दै औषधिले कुनै असर नगर्ने बताए ।
जिससका प्रमुख पोर्तेलको सभापतित्वमा सम्पन्न कार्यक्रममको सञ्चालन कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु