काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन सम्पन्न ७४।८४ प्रतिशतमात्र मत खस्यो

2021-04-03 मा प्रकाशित

काँकरभिट्टा, २१ चैत । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन शनिबार सम्पन्न भएको छ ।
काँकरभिट्टा माध्यमिक विद्यालको परिषरमा बिहान ८ बजेदेखि शुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सम्पन्न भएको हो ।

संस्थाको ९ जना कार्यसमिति र ३ जना लेखा समितिसहित १२ पदका लागि भएको निर्वाचनमा ३१ जनाले उम्मेद्वारी दिएका थिए ।

कुल ५२ सय ८७ जना मतदाता रहेको खानेपानीमा ३ हजार ९५७ मत खसेको थियो । खसेको मतलाई हेर्ने हो भने कुल मतदाताको ७४ दशमलव ८४ प्रतिशत मात्र मत खसेको निर्वाचन समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार मतगणना भोलि हुँनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु