काँकरभिट्टा खानेपानीको अध्यक्षमा पराजुली

2021-04-04 मा प्रकाशित

मेचीनगर, २२ चैत । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आइतबार सम्पन्न चुनावबाट संयुक्त गठबन्धन प्यानलका अध्यक्ष राजकुमार पराजुली निर्वाचित भएका छन् ।
संयुक्त प्यानलका पराजुलीले १५९२ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार हर्कबहादुर फ्याक लिम्बुलाई ८८ मतले उछिन्दै खानेपानीको बागडोर हात पारेका छन् ।

उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार लिम्बुले १५०४ मत प्राप्त गरेका छन् । अर्का अध्यक्षका उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लिलानाथ आङदेम्वेले २०७ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा संयुक्त प्यानलका गोविन्द गिरीले १४४१ म्त ल्याइ विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु लोकतान्त्रिक प्यानलका रिमादेवी खरेलेले ९००, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजु चेम्जोङले २८२ र स्वतन्त्रका उम्मेद्वार कृष्ण सुवेदीले ४४८ मत प्राप्त गरेका छन् ।

सचिवमा लोकतान्त्रिक प्यानलका दिलीपजंग सुब्बाले १४१५ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु संयुक्त प्यानलका चन्द्रप्रसाद निरौलाले १३३५ र संघीयका चन्द्रकुमार राईले ४१६ मत प्राप्त गरेका छन् ।

यसैगरी, कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका मीना कटुवाल विजयी भएकी छन् । उनले १४६२ मत प्रप्त गरि विजयी भएकी हुन । उनका प्रतिष्पर्धीहरु संयुक्त प्यानलका हेमा सिटौलाले १२५३ र संघीयका भवानी महतले २८५ मत मात्र प्राप्त गरेको निर्वाचन समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

त्यस्तै लेखा समिति संयोजकमा संयुक्त प्यानलका जीवनकुमार थापाले १५२३ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका कृष्ण कट्टेलले १३८४ मत मात्र प्राप्त गरेका थिए ।,

त्यस्तै सदस्यमा लोकतान्त्रिकका महिला सदस्य मिरा कार्कीले १५८७ र इन्दिरा बुढाथोकी अधिकारीले १४५०मत ल्याइ विजयी भएका छन् । संयुक्त प्यानलका सीता राईले १३४९ र टोलबहादुर सुनार ९नारायण०ले १३७४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु