पत्रकार महासंघ झापा अध्यक्षमा गिरी

2021-04-08 मा प्रकाशित

झापा, २६ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको बुधबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् ।
गिरी संयुक्त समावेशी प्यानलबाट अध्यक्षमा निर्वाचित भएका हुँन्ु । प्रेस युनियनका तर्फबाट उम्मेदेवारी दिएका गिरीले १५५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी ओली निकट प्रेस चौतारी नेपालका विशाल नेम्बाङले ७४ र माधव नेपाल निकट प्रेस चौतारीका तीर्थ सिग्देलले २६ मतमात्र प्रप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा संयुक्त समावेशी प्यानलका केशव भट्टराई निर्वाचित भएका छन् । भट्टराईले १३१ मत ल्याए । उनका प्रतिस्पर्धी ओली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याए ।

समावेशी प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी ओली निकट प्रेस चौतारीका सावित्रा दाहालले १०७ मत मात्र प्राप्त गरिन ।
त्यसैगरी, सचिवमा समावेशी प्यानलतर्फबाट प्रेस संगठनका डिकेश लामाले १२८ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाल निकट प्रेस चौतारीका सुव्रत न्यौपानेले ९९ र स्वतन्त्रबाट प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन् ।

खुला सहसचिवमा प्यानलका राजु पाठकले १५५ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ओली निकट प्रेस चौतारीका बिनोद सापकोटाले ९२ मत ल्याएका छन् । समावेशी सहसचिवमा प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याई निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रेस नेपालका देशराज नेम्बाङले ७३ मत ल्याएका छन् । कोषाध्यक्षमा समावेशी प्यानलका रञ्जित प्रसाईँले १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याए ।

त्यसैगरी, समावेशी प्यानलबाटै खुला सदस्यतर्फ मनिषा चम्लागाँई ९१५१०, विनोद पाण्डे ९१४७०, चिरञ्जीवी घिमिरे ९१३३०, होमप्रकाश अधिकारी ९१२२०, सुष्मा राजवंशी ९११५०, द्रोण अधिकारी ९१०७० मत ल्याई निर्वाचित भए । प्रेस चौतारीबाट खुला सदस्यतर्फ सुनिरा मैनाली ९१२१०, अच्युतराज सुवेदी ९१०७० र अनिल वाग्ले ९१०५० मत ल्याई निर्वाचित भएका छन् ।

दलित सदस्यतर्फ रञ्जित परियार १४० र राजन साम्पाङ १२४ मत ल्याई निर्वाचित भएका छन् । महिला सदस्यमा स्वस्तिका आचार्य र मधेसी सदस्यमा सन्तोष शर्मा र्निविरोध निर्वाचित भए ।
केन्द्रीय परिषद् सदस्यमा गोपाल काफ्ले ९१६९०, ज्ञानेन्द्र निरौला ९१६५० र कृष्ण हुमागाईँ ९१४१० मत ल्याई निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्यमा सबै निर्विरोध भएका छन् । निर्वाचित हुनेमा समावेशी सदस्यतर्फ सन्तोष अग्रवाल, पुजन आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकारचन्द्र राजवंशी र अनुषा चुँडाल र्निविरोध निर्वाचित भए ।

त्यस्तै खुला सदस्यतर्फ ईश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टिकाराम उप्रेती निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । परिषद् सदस्य महिलातर्फ भीमा शिवाकोटी, रेजिना गौतम र्निविरोध निर्वाचित हुँदा जनजातिबाट दिपिन राईसमेत निर्विरोध निर्वाचित भए ।

निर्वाचित अध्यक्ष गिरी नतृत्वको महासंघ झापामा नेपाल प्रेस युनियन, प्रेस संगठन, मिडिया नेपाल र स्वतन्त्र पत्रकारको श्रमजीवी व्यावसायिक पत्रकारहरूको संयुक्त समावेशी प्यानलको वर्चस्व रहेको छ । गिरी महासंघ झापाका वर्तमान उपाध्यक्ष हुन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु