विद्यालयलाई काफ्लेको एक लाख सहयोग

2021-04-08 मा प्रकाशित

मेचीनगर, चैत २६ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ का टिकादत्त काफ्लेले आफ्ना बालबालिकाले अध्यायन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

मेचीनगर–८ स्थित सालघारीमा रहेको कञ्चनजंघा आधारभुत विद्यालयलाई उनले नगद एक लाख एक हजार रुपैँया सहयोग गरेका छन् । बिहिबार विद्यालय परिसरमा नै पुगेर अभिभावक काफ्लेले विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेललाई सो रकम हस्तान्तरण गरेका थिए ।

आफ्ना नानिहरुले अध्यायन गरेको विद्यालयलाई केही सहयोग गर्नु पर्छ, भनेर विद्यालयको भौतिक सुधारका लागि आफुले पनि सकेको सहयोग गरेको टिकादत्त काफ्लेले बताए ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थकुमार सुनुवार, पूर्व अध्यक्ष कुन्दन निरौलालगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु