चारजना सांसद्को पद खारेज

2021-04-08 मा प्रकाशित

काठमाडौं, २६ चैत । प्रतिनिधि सभाका चारजना सांसद्को संसद् सदस्यता पद खारेज भएको छ ।

नेकपा एमालेमा समर्पित हुनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्टा, प्रभु शाह र गौरीशंकर चौधरीको पद खारेज भएको हो ।प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँहरुको प्रतिनिधि सभा सदस्य पद खारेज गरिएको सूचना पढेर सुनाउनुभएको थियो ।

चारजना सांसद्को सदस्यता समाप्त गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख सापकोटालाई पत्र लेख्नभएको थियो ।दल त्याग गरेर अर्को दलमा सामेल भएकाले चारजनाको सदस्यता खारेज भएको सूचना सभामुखले सुनाउनुभएको हो ।प्रतिनिधि सभाको यो कार्यकालमा यस अघि संघीय समाजवादीकी सांसद् सरिता गिरिको सदस्यता गुमेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु