विश्वहिन्दु परिषद झापा अध्यक्षमा दाहाल

2021-04-10 मा प्रकाशित

बिर्तामोड,२८ चैत। विश्वहिन्दु परिषद भापाको अध्यक्षमा गायत्री दाहाल सर्वसम्मत चयन भएका छन् ।
परिषदको शुक्रबार विर्तामोड स्थित सनातन धर्म सेवासमितिको सभाहलमा आयोजित साधारण सभाले दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमल मुर्मु, सचिवमा अर्जुन भट्टराई, कोषाध्यक्ष फडिन्द्र अधिकारी, र सदस्यहरुमा जगन्नाथ भण्डारी , मणिकुमार राई, दीपक घताने चयन भएका छन् ।समितिको आगामी बैठकले २ जना सदस्य मनोनित गर्ने छ ।
विश्वहिन्दु परिषद झापाका अध्यक्ष डम्बर बरालको सभापतित्व तथा परिषदका केन्द्रिय सदस्य अमर सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्याक्रममा एकल विद्यालय प्रदेश १ का उपाध्यक्ष सोमनाथ सुवेदी, एकल विद्यालय अभियानकी योगमाया न्यौपाने, विश्वहिन्दु परिषद महिला विभाग प्रमुख सीतादेवी ढुंगेल लगायतले विश्वहिन्दु परिषदले समाज रुपान्तरण महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको धारणा राखेका थिए । उपाध्यक्ष अर्जुन भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु