पूर्व विद्यार्थी मञ्चको अमूल्य दान

2021-04-14 मा प्रकाशित

अर्जनधारा,१बैशाक । नयाँ वर्षको अवसर पारेर पूर्व विद्यार्थी मञ्च शंकराचार्य पीठ श्रीवेद वेदाङ्ख संस्कृत पाठशालाको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अर्जुनधारा –१ स्थित साधुटारको शान्ति चोक स्थित सयपत्री युवा समूहको भवनमा आयोजित कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए । सो अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
पूर्व विद्यार्थी मञ्चका अध्यक्ष सोमनाथ गौतमको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथि वडानम्बर १ का वडाध्यक्ष गजाधर खतिवडा, शंकराचार्य पीठका व्यासाचार्य लक्ष्मी प्रसाद खतिवडा, पूर्व विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष आचार्य शान्तिराम नेपाल, लगायतले बोलेका थिए ।
कार्यक्रममा सो क्षेत्रका २७ वटा सामाजिक संघ संस्थाले सहभागिता जनाएको विश्वहिन्दु परिषद झापाका सचिव तथा पूर्व विद्यार्थी मञ्चका सदस्य अर्जुन भट्टराईले जानकारी दिए । कार्यक्रममा नेपाल रेटक्रश सोसाइटीको प्रविधिक सहयोग रहेको थियो । पूर्व विद्यार्थी मञ्चका सहसचिव राम खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमेश आचार्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु