चौध जिल्लामा विद्यालय बन्द

2021-04-15 मा प्रकाशित

झापा, २ वैशाख । सरकारले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना भाइरस ९कोभिड–१९०को अति प्रभावित क्षेत्र घोषणा गरेको छ ।

काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले ती क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ ।

‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भए पनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ ।

सबै अस्पतालहरुलाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न समेत आग्रह गरिएको छ । साथै सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड–१९ का लागि छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ । यसैबीच विहीवार मुलुकभर ५३४ जनामा कोरोना सङ्क्रमण थपिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा सङ्क्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु