कोहलपुर दुर्घटना ःबसधनी काँकरभिट्टाका कटुवालको मृत्यु

2021-04-17 मा प्रकाशित

झापा, ४ बैशाख । झापाको मकालु बस सुर्खेतबाट धरान आउँदै गर्दा कोहलपुरमा टिपरसँग ठोकिएर दुर्घटना हुँदा बसधनी काँकरभिट्टाका छत्र कटुवालको मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको मकालु बस शुक्रबार साँझ ५ वजे बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित रोहिणी खोला नजिकै विपरित दिशाबाट निर्माण सामग्री बोकेर जाँदै गरेको ना।अ।अ।प। ४१ नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा बसधनी कटुवालसहित ५ जनाको मृत्यु भएको हो । बसमा सवार ३७ जना यात्रु समेत घाइते भएका छन् ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाका बसधनी ४५ वर्षीय कटुवाल, कोहलपुर नगरपालिका–१२ का २१ वर्षीय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षीय खगेन्द्र सुनार, सुर्खेतको साटाखानीका ४० वर्षीय जीवन विक र अन्दाजी ३५ वर्षीय भारतीय महिला रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृतक मध्ये कोहलपुरका दुई जना टिपरमा सवार थिए भने अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा ३७ जना घाइते भएका छन् । जसमध्ये ७ जनाको अवस्था गम्भीर, १४ जनाको अवस्था मध्यम र २१ ज्ना सामान्य घाइते रहेको डीएसपी खनालले बताए । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । बसधनी कटुवाल पूर्व मेची बस व्यवसायी प्रालिका शेयर सदस्य हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु