काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द हुने

2021-04-19 मा प्रकाशित

झापा, ६ वैशाख । सरकारले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णयमा झापाका तीनवटा सहर परेका छन् । निर्णय अनुसार झापाको काँकरभिट्टा, बिर्तामोड र दमक सहर परेको छ ।

त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरजस्ता सहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ वैशाख मसान्तसम्म भर्चुअल रुपमा सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।

त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लब, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु