रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन

2021-04-20 मा प्रकाशित

डम्बर बराल
धुलाबारी,७ वैशाख । रोटरी अन्तर्राष्ट्रिय ३२९२का डिस्ट्रक गभर्नर रोटारियन राजीव पोखे्रलले रोटरी क्लव सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएको बताएका छन् । रोटरी क्लव तथा रोट¥याक्ट क्लव मेचीनगरको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
मेचीनगर ८ स्थित होटल क्राउनमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रोटारियन पोख्रेलले व्याक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक क्षेत्रमा क्रियाशिल हुन र असाहाय र विपन्न हरुको सेवामा समर्पित हुनुनै रोटरीको मुख्य उद्देश्य रहेको बताए । विश्वका २सय बढी देशमा १२लाख बढी रोटारियनहरु सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताउँदै उनले रोटरीको मूल्य र मान्यता अनुरुप काम गर्न सम्पूर्ण रोटरियन हरुलाई अनुरोध गरे ।
कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले रोटरी तथा रोट¥याक्ट क्लव सामाजिक क्षेत्रमा क्रियाशित संस्था भएकोले समाज रुपान्तरणमा यसको ठूलो भूमिका रहेको बताए । कार्यक्रममा एसिस्टेन गभर्नर रोटारियन नविन कुमार श्रेष्ठ, एसिस्टेन डिष्ट्रिक रोट¥याक्टर सन्नी गोयल लगायतले बोलेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रोटारियन पोखे्रलले रोटरी क्लव मेचीनगरका अध्यक्ष रोटरियन किशोर क्षेत्रीलाई पद तथा गोपनियताको सफद ग्रहण गराएका थिए । भने मेचीनगर अध्यक्ष क्षेत्रीले पदाधिकारी तथा सदस्यहरुलाई सफद ग्रहण गराएका थिए । सो अवसरमा अध्यक्ष तथा पदाधिकारीहरु तथा सदस्यहरुलाई पिन, किट तथा प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा रोट¥याक्ट क्लवका अध्यक्ष तथा पदाधिारी तथा सदस्यहरुलाई समेत सफद ग्रहण गराइएको थियो। मेचीनगरमा हालै रोटरियन इवन लुइटेलको अध्यक्षतामा २७ सदस्यीय रोट¥याक्ट क्लव र रोटरियन किशोर क्षेत्रीको अध्यक्षतामा ४१ सदस्यीय रोटरी क्लव गठनगरिएको थियो ।
कार्यक्रमा दुवै अध्यक्षले स्वीकारोत्ती मन्तव्य व्यक्त गरेका थिए । रोटरी क्लव मेचीनगरका भाइस पे्रसिडेन्ट रोटरियन कमल कोइरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन रोटरियन सपना ओडारीले गरेकी थिइन् । मेचीनगर अध्यक्ष किशोर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका प्रेसिडेन्ट एलेक्ट रोटरियन अनन्त प्रकाश वस्तीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा इष्ट होराइजन अंग्रेजी माविका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु