पूर्वराजारानीलाई कोरोना संक्रमण पुष्टि

2021-04-20 मा प्रकाशित

झापा, ७ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा कुम्भस्नान गरेर हालै स्वदेश फर्केका शाह दम्पत्तिको कोरोना परीक्षण गरिएको थियो ।

आज दुबैको कोरोना पोजेटिभ रिपोर्ट आाएको हो । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै उनीहरुसँग सम्पर्क भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको जनाएको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा राजाकै रुपमा सम्मान दिइएको थियो । शाह स्वदेश फर्किदा त्रिभुवन विमानस्थल र अन्य स्थानमा ठूलो जमघट भएको थियो । सबैको कन्ट्याक्ट ट्रेसिङ सम्भव देखिदैन ।

भारतमा कोरोनाको दोस्रो लहर डरलाग्दो रुपमा बढिरहेका बेला हरिद्वारमा कुम्भमेला भएको थियो । मेलाबाट फर्किएका हजारौंलाई कोरोना पोजेटिभ भएको छ ।

झापाका पत्रकार कमल मिश्र हरिद्वारबाटै फर्केपछि कोरोना पोजेटिभ भएका थिए । मिश्रको निधन भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु