कनकाई खबरको क्यालेन्डर विमोचन

2021-04-26 मा प्रकाशित

कनकाई, १३ वैशाख ÷ भmापाको कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर साप्ताहिकले नयाँ वर्षको अवसरमा प्रकाशन गरेको क्यालेन्डर( भित्ते पत्रिका) को एक कार्यक्रमका विच विमोचन गरिएको छ ।

कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका क्रियाशिल पत्रकार राम निरौलाको नेतृत्वमा रहेको साप्ताहिक पत्रिकाको क्यालेन्डर कनकाई ४ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले विमोचन गर्नुभएको हो । झापाका विभिन्न स्थानीय तहका पाठकहरुको हात हातमा प्रत्यक्ष रुपमा पुग्न सफल यस कनकाई खबर साप्ताहिकले प्रविधिको विकाससँगै कनकाई खबर डटकम न्युज पोर्टल मार्फत स्वदेश तथा विदेशमा समेत आफ्नो पहुँच कायम गर्न सफल भएको बताइएको छ ।

तीन वर्ष अघि मात्र कनकाईबाट प्रकाशन सुरु गरेको यस साप्ताहिक पत्रिकाले प्रकाशनको प्रारम्भदेखि नै पत्रकारीताको मूल धारमा रहेर गतिविधि गरेको भन्दै नगर प्रवक्ता पौडेलले खुशी व्यक्त गर्नुभएको छ । छोटो समयमा नै प्रविधिको उच्चतम रुपमा प्रयोग गर्दै यस क्षेत्रको एउटा शसक्त संचारको माध्यम बन्न सफल भएको भन्दै नगर प्रवक्ता पौडेलले प्रकाशन समूहको सफलताको कामना गर्नुभएको छ ।

कनकाई खबर साप्ताहिक तथा अनलाइन न्युज पोर्टलका सम्पादक तथा प्रकाशक एवम् कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा भर्खरै मात्र सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा १ नं. प्रदेशको कार्यसमिति सदस्यमा निर्वाचित झापाका क्रियाशिल पत्रकार सुरुङ्गा निवासी लिलाराज झापाली साथै प्रदेश पार्षदमा निर्वाचित डिल्लीराम घोर्साईँलाई आफ्नो गृहनगर कनकाईमा स्वागत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नगर प्रवक्ता पौडेल, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौला, संस्थापक अध्यक्ष तीर्थराज खरेल, उपाध्यक्ष सावित्रा दहाल भट्टराई, सचिव मनोज बस्नेत, सदस्य चन्द्र बस्नेत लगायत प्रेस क्लवका अन्य पदाधिकारीहरुबाट समेत खादा र अविर लगाएर स्वागत सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै नवनिर्वाचित प्रदेश सदस्य झापालीले आफ्नो कार्यकालमा पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै पेशागत हकहितकालागि पहल गर्ने प्रतिवद्धता जनाउँनु भएको छ ।

कनकाई सुरुङ्गा प्रेस क्लवका सचिव मनोज बस्नेतले संचालन गरेको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एवम् कनकाई खबर साप्ताहिकका भाषा सम्पादक तीर्थराज खरेल, क्लवकी वर्तमान उपाध्यक्ष एवम् नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दहाल भट्टराईले शुभकामना मन्तव्य राख्नुभएकोथियो।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु