मेचीनगरमा परीक्षा स्थगित

2021-04-26 मा प्रकाशित

मेचीनगर, १३ वैशाख । मेचीनगर नगरपालिकाभित्र सञ्चालनमा रहेका सवै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको वार्षिक परीक्षा स्थगित गरिएको छ ।
वैशाख १२ गतेको सिसिएमसीको प्रेस विज्ञप्ती अनुसार भौतिकरुपमा हुने पूर्व निर्धारित परीक्षाको सम्पूर्ण कार्यक्रम स्थगित गर्ने जानकारी प्राप्त भएपछि नगरभित्र सञ्चालनमा रहेका सवैखाले विद्यालयको वार्षिक परीक्षा स्थगित गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।

शाखाका अनुसार नगरभित्र ४१ समुदायिक, निजी ५९ र धार्मिक गरी कुल एकसय ९ वटा विद्यालय छन् ।

२०७७ सालको वार्षिक परीक्षा सञ्चालनका सम्बन्धमा नगर प्रमुख विमल आचार्यको अध्यक्षतामा सोमबार शिक्षकका पेशागत संघ–संगठनका प्रतिनिधिहरु, प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरुको छलफलबाट यस नगरपालिकाको पुर्व निर्धारित परीक्षाका सम्पूर्ण कार्यक्रमहरु अर्को सूचना नहुञ्जेलसम्म स्थगित गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।

यदि अनुगमनका क्रममा यो सूचनाको उल्लंघन गरी परीक्षा सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने समेत उनले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु