बेरोजगारीनै महिला बेचविखनको मुख्य जड ः संयोजक घिमिरे

2021-04-27 मा प्रकाशित

।। डम्बर बराल ।।

काँकरभिट्टा, १४ वैशाख । माइती नेपालका पूर्वाअञ्चल संयोजक गोविन्द घिमिरेले चेलीबेटी बेचविखनमा सक्रिय रहेका दलालहरुले पछिल्लो समय नयाँ रणनीति अपनाउँदै गएकोले सवैले सचेत हुनुपर्ने बताएका छन् ।
मंगलबार माइती नेपाल काँकरभिट्टा कार्यालयमा आयोजित वार्षिक समिक्षा कार्यक्रममा बोल्दै घिमिरेले सो कुरा बताएका हुन् ।

घरेलु हिंसा र बेरोजगारी नै महिला बालबालिका बिक्रीको मुख्य जड भएको बताउँदै उनले दलालहरुले हाम्रो कमजोरीलाई बुझेर विभिन्न प्रलोभन देखाउँदै मानव बेचविखनमा सक्रिय बन्दै गएकोले सचेत हुनुपर्ने बताए । घिमिरेले यो समस्या दीर्घकालिान रुपमा समाधान गर्न सरकारले समाजमा रोजगार सिर्जना गर्नु पर्ने बताए ।

नेपालमा २०४९ सालबाट महिला तथा वालबालिका बेचविखन विरुद्वको अभियानमा माइती नेपालले काम गर्दै आएको र २०५३ सालबाट पूर्वी नाका काँकरभिट्टामा घरेलु हिंसा, तथा बालवालिकाको हक अघिकारको लागि अभियान थालेको उनको भनाइ छ । संस्थाले स्थापना कालदेखिनै महिला तथा बालबालिका बेचविखन, हिंसा विरुद्व काम गरिरहेको बताउँदै वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संयोजक घिमिरेले दलालहरुले अवैधबाटो भएर भारतको मणिपुर, आसाम पुर्याइएका १४७ महिला र ३२ पुरुषलाई २०७५ मा र २०७६ मा भारतको मिजोरमबाट २३ जना महिला तथा २०७७ असारमा समेत विभिन्न क्षेत्रबाट उद्वार गरी नेपाल ल्याउन सफल भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सन २०२० र २०२१ को तीन महिनाको अवधिमा सम्पन्न गरेका प्रगती प्रतिवेदन समेत प्रस्तुत गरे ।

बालबालिका बेचविखनको विरुद्वमा सीमा नाकामा रहेर काम गर्दै आएको संस्थाले पछिल्लो समय सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छ । यसैवीचमा संस्थाले घरदैलो कार्यक्रम, रेडियो कार्यक्रम, प्रहरीसँग समन्वय, छलफल र सामाजिक सञ्जाल गठन लगायतका धेरै काम सम्पन्न गरेको छ ।

संस्थाले २०२० मा ११५ र २०२१ को तीन महिनामा १६ जनालाई रोकथाम गरेको छ । दलाहरुको प्रलोभनमा पारेर भारतका विभिन्न ठाउँमा पुर्र्याइएका महिला तथा बालबालिकाहरु २०२० मा ३६ जना र २०२१ मा ५ जनालाई फिर्ता ल्याउन सफल भएको छ ।

त्यसैगरी संस्थाले २०२० मा ४०८ जनालाई र २०२१ को तीन महिनामा १२४ जनालाई परामर्श दिएको संयोजक घिमिरेले बताए ।

लकडाउनको समयमा महिला हिंसाका घट्ना बढेको उनको भनाइ थियो । समाजमा रोजगार सिर्जना नहुँदा धेरै महिला घरेलु हिंसा र बेचविखनमा पर्ने क्रमले निरन्तरता पाएको भन्दै सरकारले देशमै रोगजारीको व्यवस्था गर्नु पर्ने उनको भनाइ छ । कार्यक्रममा पत्रकारहरुले विद्यालय स्तरमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु