झापामा आज २६ जनामा संक्रमण पुष्टि

2021-04-27 मा प्रकाशित

मेचीनगर, १४ वैशाख । झापामा मंगलबार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार १० महिलासहित २६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ४ महिलासहित ८ जना, बिर्तामोडमा ५ जना पुरुष, मेचीनगरमा २ महिलासहित ४ जना, कनकाईमा १ महिलासहित ३ जना, अर्जुनधारामा १ जना पुरुष, गौरीगञ्जमा १ जना महिला र झापा गाउँपालकामा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या ४८४५, डिस्चार्ज ४५१९, आइसोलेसनमा १९५ जना, कुल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको संख्या १३१ जना पुगेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु