झापामा थप संक्रमित ५० जना, १ को मृत्यु

2021-04-29 मा प्रकाशित

मेचीनगर  । झापामा विहीबार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जना पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार २३ महिलासहित ५० जनामा संक्रमण र एकजना पुरुषको मृत्यु भएको हो ।

संक्रमण पुष्टि हुनेमा दमकमा २ महिलासहित ६ जना, बिर्तामोडमा ६ महिलासहित १८ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा ४ महिलासहित ५ जना, कनकाईमा १ महिलासहित

२ जना, अर्जनधारामा २ जना पुरुष, हल्दीबारीमा १ जना महिला, गौरीजञ्जमा ३ महिलासहित ४ जना, शिवसताक्षीमा १ जना महिला र बाह्रदशीमा १ जना पुरुष भएको उनले बताए ।

त्यस्तै अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको विराटनगर स्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।

योसँगै झापामा संक्रमितको संख्या ४९४५, डिस्चार्ज ४५२७, आइसोलेसनमा २८५ जना, कुल संक्रमित एन्टिजेन ४५ जना र मृत्यु हुनेको संख्या १३३ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु