झापामा १९ गते राती देखि २६ गतेसम्म निषेधाज्ञा

2021-04-30 मा प्रकाशित

झापा, १७ वैशाख । जिल्ला प्रशासन कार्यालय झापाले आगामी आइतबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने भएको छ ।आज चन्द्रगढीमा बसेको डिसीसीएमसीको वैठकले वैशाख १९ गतेदेखि २६ गतेसम्मलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आइतबारदेखि २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए ।

संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि वैशाख १९ मध्यराति १२ वजेदेखि २६ गतेसम्म झापामा निषेधाज्ञा गरिएको हो । उक्त निर्देशनको अवज्ञा गरे कानून बमोजिम कारवाही गरिने समेत जनाईएको छ ।

वैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने, भेला, जुलुस, सभा, सम्मेलन, हाटबजार, मेला, महोत्सव, पार्टी, भोज लगायतका भीडभाड नगर्ने, दसवर्ष मुनिका बालबालिकादेखि ६० वषैमाथिका आवश्यक काम बाहेक घरबाट ननिस्कने, सरकारी कार्यालय, बैँक, वित्तिय संस्था, कर्मचारी, वीमा उवम् राष्ट्र बैँकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले कर्मचारीहरुको अवस्था हेरि माथिल्लो निकायको स्वीकृत लिई आलोपालो सेवा बाहेक अन्य सेवा स्थगित गर्ने लगायतका निर्णयहरु गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु