झापामा कोरोना संक्रमण उकालियो, आज ७२ जनामा संक्रमण पुष्टि

2021-05-01 मा प्रकाशित

मेचीनगर, १८ वैशाख । झापामा शनिवार ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिलासहित ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

बिर्तामोडमा ५ महिलासहित १० जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, भद्रपुरमा ११ महिलासहित २४ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दिबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ८ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्जमा १ जना पुरुष, कचनकवलमा १ जना पुरुष र शिवसताक्षीमा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या ५०७३, डिस्चार्ज ४५२९, आइसोलेसनमा ४१० जना, कुल संक्रमित एन्टिजेन ६५ जना र मृत्यु हुनेको संख्या १३४ जना पुगेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु