मेचीनगर, २२ वैशाख । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेसनमा मृत्यु भएको बताए ।
त्यसैगरी बुधवार १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ७९ महिलासहित १७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
दमकमा ९ महिलासहित ३२ जना, बिर्तामोडमा १९ महिलासहित ४१ जना, गौरादहमा २ महिलासहित ६ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा १९ महिलासहित ३४ जना, कनकाईमा ४ महिलासहित १४ जना, हल्दीबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ९ जना, बुद्वशान्तिमा १ महिलासहित ३ जना, कचनकवलमा १ महिलासहित ३ जना, कमलमा ४ महिलासहित ९ जना, शिवसताक्षीमा २ महिलासहित ३ जना, झापामा २ महिलासहित ५ जना र ठेगाना नखुलेका ६ महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।
योसँगै झापामा संक्रमितको संख्या ५६००, आइसोलेसनमा ८९८ जना, कुल संक्रमित एन्टिजेन १३८ जना र मृत्यु हुनेको संख्या १४२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्