काँकरभिट्टामा दुई कोरोना संक्रमितको निधन

2021-05-05 मा प्रकाशित

काँकरभिट्टा । काँकरभिट्टामा बुधबार दुई जना कोरोना संक्रमितको निधन भएको छ । संक्रमणको कारण बुधबार बिहान वडा नम्बर ६की एक महिलाको आइसोलेसनमै मृत्यु भएको थियो ।

भने सोहि वडा अर्का एक कोरोना संक्रमितको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार कै क्रममा निधन भएको वडा अध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए ।

मृत्यु हुनेमा ४८ बर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार मेची अस्पताल लगिएको र मंगलबार स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

उनको दाहसंस्कार नेपाली सेनाको सहयोगमा बिहीवार स्थानीय मेची नदीमा गरिने तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु