झापामा हालसम्म कोरोना संक्रमितको संख्या ५७९० पुग्यो

2021-05-06 मा प्रकाशित

मेचीनगर, २३ वैशाख । झापामा हालसम्म कोरोना संक्रमितको संख्या ५७९० पुगेको छ । बिहीबार झापामा १९० जना संक्रमित थपिए संगै संक्रमितको संख्या ५७९० पुगेको हो । झापामा नयाँ भेरियन्टको संक्रमणबाट बिहीबार २ जनाको मृत्यु भएको छ । ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार ८७ महिलासहित १९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।मृत्यु हुनेमा मेचीनगर–६ का ४८ वर्षीया पुरुष र दमक–२ का ५३ वर्षीय पुरुषको मृत्यु भएको उनले जनकारी दिए ।

दमकमा ३२ महिलासहित ६४ जना, बिर्तामोडमा ७ महिलासहित २२ जना, गौरादहमा १ महिलासहित २ जना, मेचीनगरमा १३ महिलासहित २२ जना, भद्रपुरमा ४ महिलासहित ११ जना, कनकाईमा ५ महिलासहित १२ जना, अर्जुनधारामा ४ जना पुरुष, बुद्वशान्तिमा १ महिलासहित ४ जना, गौरीगञ्जमा १० महिलासहित १७ जना, कमलमा ९ महिलासहित २२ जना, शिवसताक्षीमा ४ महिलासहित ६ जना, झापामा ३ जना पुरुष र ठेगाना नखुलेको १ जना महिलामा कोरोना पुष्टि भएको उनले बताए ।

झापामा हाल आइसोलेसनमा रहेका  सक्रिय संक्रमितको संख्या भने १०८१  रहेको छ । भने कुल संक्रमित एन्टिजेन १४९ जना र मृत्यु हुनेको संख्या १४४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु