वडाध्यक्ष भट्टराईलाई कोरोना संक्रमण पुष्टि

2021-05-07 मा प्रकाशित

मेचीनगर, २४ वैशाख । मेचीनगर नगरपालिकाका एकजना वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मेचीनगर नगरपालिका–१५ का वडाध्यक्ष गुणराज भट्टराई ९राजन० लाई कोरोना पुष्टि भएको हो ।

‘श्रीमतीलाई रुघाखोकी धेरै लागेपछि पीसीआर परीक्षणका लागि बुधवार हामी दुवैजना मेची अस्पताल भद्रपुर गएका थियौँ’, वडाध्यक्ष भट्टराईले भने–‘विहीबार मेरोचाहिँ रिपोर्ट पोजेटिभ आएको थियो । तर, श्रीमतीजीको नेगेटिभ आयौँ ।’

मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवका अनुसार वडा नम्बर १५ का वडाध्यक्ष भट्टराईको पीसीआर जाँच गर्दा पोजेटिभ आएको छ । वडाध्यक्ष भट्टराई अहिले होम आइसोलेसनमा बसेका छन् ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । मृत्यु हुनेको संख्या २ पुगेको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए ।उनका अनुसार विहीबार संक्रमितको सम्पर्कमा रहेका ५१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु