मोटरसाइकलको ठक्करबाट बुद्धशान्तिका कर्मचारीको मृत्यु

2021-05-08 मा प्रकाशित

मेचीनगर, २५ वैशाख । मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिकाका एक कर्मचारीको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिकामा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारी बुद्धशान्ति–१ स्थित पुल चौकका ४७ वर्षीय दीपक नेपालको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

बुद्धशान्ति–१ शान्तिचौक स्थित भित्री सडक खण्डमा शुक्रबार राति ८ वजे हिडिरहेको अवस्थामा नेपाललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको होन्डा कम्पनीको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी राकेश थापाले बताए ।

मोटरसाइकलको ठक्करबाट घाइते नेपालको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल बिर्तामोड स्थित वीएण्डसी अस्पताल पुर्याएको थियो । उनको उपचारको क्रममा राति १० बजे मृत्यु भएको उनले बताए ।

ठक्कर दिने नम्बर नखुलेको मोटरसाइकलको खोजी कार्य भइरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु