काँकरभिट्टाको नयाँ बसपार्कमा एकहजार वेडको होल्डिङ सेन्टर बन्ने

2021-05-08 मा प्रकाशित

मेचीनगर, २५ वैशाख । काँकरभिट्टाको नयाँ बसपार्कमा एकहजार वेडको होल्डिङ सेन्टर बन्ने भएको छ । जिल्लामा आज बसेको डीसीसीएमसीको वैठकले मेचीनगर ७ स्थित नयाँ बसपार्कमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको वैठकले नेपाली सेनाले काँकरभिट्टा नाकामा बनाउन लागेको एक हजार वेडको होल्डिङ सेन्टर लाई नयाँ बसपार्कमा बनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले निषेधाज्ञाका बेला निर्माण सामाग्री बोकेका सवारी साधनको समय समेत परिवर्तन गरेको छ ।अब विहान ६ देखि १० वजेसम्म र बेलुका ६ देखि राति १० वजेसम्म मात्र निर्माण सामाग्री बोकेका सवारी साधनलाई चलाउन दिने निर्णय गरेको छ ।

यस्तै विरामी बोकेका एम्बुलेन्स र शव वाहनका सवारी साधनहरुले तोकिए भन्दा बढी भाडा लिए कानून अनुसार कारवाही गरिने डीसीसीएमसीको वैठकलले निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु