जंगली सागकोे तरकारी खाँदा मेचीनगरमा एकको मृत्यु

2021-05-08 मा प्रकाशित

मेचीनगर,२५वैशाख ।जंगली सागकोे तरकारी खाँदा फुड पोइजन भएर मेचीनगरमा शनिबार एक पुरुषको निधन भएको छ ।

मृत्यु हुनेमा मेचीनगर वडा नम्बर ९ खुट्टिडाँगीका ८२ बर्षीय बृहस्पती सुवेदी रहेको इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।उनको उपचारको क्रममा धुलावारीस्थित आम्दा अस्पतालमा शनिबार अपराह्न्न निधन भएको बताइएको छ ।जंगलबाट टिपेर ल्याएको साग सँग खाना खाँदा अचानक स्वास्थ्यमा समस्या आएको परिवारले जनाएको छ ।

साग सेवन गरेका मृतक सुवेदीसंगै श्रीमती र छोरीलाई स्वास्थ्य समस्या भएपछि उपचारका लागि आम्दा अस्पताल भर्ना गरिएको थियो ।श्रीमती र छोरीको स्वास्थ्य अवस्था ठिक भएपनि सुवेदीको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ ।उता परिवारले अस्पतालको लापरवाहीका कारण सुवेदीको ज्यान गएको आरोप लगाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु