झापामा आज १८९ जना संक्रमित, २ को मृत्यु

2021-05-08 मा प्रकाशित

मेचीनगर, २५ वैशाख । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टका १८९ जना संक्रमित थपिएका छन् । भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ । ।
मृत्यु हुनेमा दमक–८ का ८३ वर्षीया महिला र बिर्तामोड नगरपालिका–५ का ६२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

शनिबार ८४ महिलासहित १८९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । झापाका फोकल पर्सन चौलागाईका अनुसार दमकमा १० महिलासहित २५ जना, बिर्तामोडमा १७ महिलासहित ३२ जना, गौरादहमा ४ महिलासहित ८ जना, मेचीनगरमा १० महिलासहित १९ जना, भद्रपुरमा १९ महिलासहित ४३ जना, कनकाईमा १० महिलासहित २० जना, हल्दीबारीमा ३ जना पुरुष, अर्जुनधारामा ५ महिलासहित १६ जना, बुद्वशान्तिमा ३ महिलासहित ७ जना, गौरीगञ्जमा २ जना पुरुष, कचनकवलमा १ महिलासहित २ जना, कमलमा १ जना महिला, शिवसताक्षीमा १ महिलासहित ६ जना, बाह्रदशीमा १ जना महिला, झापामा १ जना पुरुष र ठेगाना नखुलेका २ महिलासहित ३ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए । योसँगै झापामा संक्रमितको संख्या ६११४, आइसोलेसनमा १३७५ जना, कुल संक्रमित एन्टिजेन १६५ जना र मृत्यु हुनेको संख्या १४७ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु