काँकरभिट्टाका संक्रमित पुरुषको नोवेल अस्पतालमा मृत्यु

2021-05-09 मा प्रकाशित

मेचीनगर, २६ वैशाख । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाका एकजना पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको छ ।

मेचीनगर–६, काँकरभिट्टा स्थित भानु टोलका ६० वर्षीय पुरुषको शनिबार राति १० वजे नोवेलमा मृत्यु भएको हो ।ज्वरो आएपछि यहि वैशाख २४ गते उपचार लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।रिपोर्ट पोजेटिभ आएपछि उनलाई त्यहाबाट थप उपचारका लागि नोवेल अस्पताल लगिएको थियो ।

उनको शनिबार राति १० वजे नोवेल अस्पतालमा मृत्यु भएको मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए ।उनका श्रीमती, २ छोरा र २ जना छोरी छन् । योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु