नेपाल बहुउद्देश्यीय सहकारी संस्था र सानो हाटको सहकार्यमा अनलाईन सपिङ्ग सुरु

2021-05-09 मा प्रकाशित

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि र बिर्तामोडमा रहेको साना हाट अनलाइन प्रालिले संयुक्त रुपमा झापामा अनलाईन सपिङ्गको सुरु गरेका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। द्वारा सञ्चालित एनएमसी सहकारी पसल र बिर्तामोडमारहेको साना हाट अनलाइन प्रा।लि।बीच अनलाइन सपिङ गर्न आज दुई पक्षबीच संझौता गरिएको एनएमसी सहकारी पसलका प्रशासनिक प्रमुख नबिन भण्डारीले बताए ।
हाल अनलाईन सपिङ्ग बिर्तामोडको ५ किलोमिटर क्षेत्रभित्र लागु हुने र क्रमश यसको क्षेत्र विस्तारगरी झापा जिल्लाभरी सञ्चालन गरिने उनले बताए ।

सानो हाट ९क्बलय ज्बबत० नामक एप्पलीकेशन प्ले स्टोरबाट डाउनलोड गरी एनएमसी कोपसपका सामानहरु अर्डर गर्न सकिन्छ । सामान अर्डर गरेको एक घण्टाभित्र घरमै सामान डेलिभरी गरिने सानोहाटका सिइओ त्रिलोक कर्णले बताए ।

आम नागरिकहरुलाई छिटो, सस्तो र सहज खरीदका लागि प्रभावकारी हुने अपेक्षाका साथ सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।हाल झापा जिल्लाका शनिश्चरे, राजगढ, बनियानी, चारआली, चन्द्रगढी, दुधे, खुदुनाबारी, गौरीगञ्ज र बुधबारेमा एनएमसी कोपसपहरु सञ्चालनमा रहेका छन् । गौरादह, बिर्तामोड र काकरभिट्टामा कोपसप सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।

कोभिड १९ को प्रभावलाई मध्यनजर गरी सुरक्षित खरीद बिक्री गरिने र अनावश्यक भिडभाडबाट ग्राहकहरुलाई बचाउनका लागि यो उत्तम उपाय हुनेछ । यसले आम नेपाली नागरिकको जीवनशैलीलाई स्वस्थ र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ ।नियमित रुपमा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामानहरु एनएमसी कोपसपबाट खरीद गर्न सकिनेछ । हाल कोरोना महामारी निण्न्त्रणका लागि एनएमसी कोपसप बिहान ७ः०० देखि ९ः३० सम्ममात्र खुल्ला रहेपनि अनलाइन सपिङ्गको सुविधा बिहान ७ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालनमा रहनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु