झापामा थप १५२ जनामा संक्रमण पुष्टि , दुईको निधन

2021-05-09 मा प्रकाशित

काँकरभिट्टा,२६ वैशाख । झापामा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएका संक्रमितमा हरूमा १ सय २० जना पिसिआर र ३२ जना एन्टिजेन विधिबाट परिक्षण गर्दा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भने दुई जना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगरमा १० महिला सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेचीनगरमा थपिएका संक्रमितहरुमा वडा नम्बर ५, ६, ७, ९ र १० का रहेका छन् ।
साथै मेचीनगरमा आइतबार ४ पुरुषमा एन्टिजिनसमेत पोजेटिभ आएको कार्यालयले जनाएको छ ।
त्यसैगरी दमकमा २६ महिला सहित ५५, बिर्तामोडमा ३ जना पुरुष , गौरादहमा १ महिला सहित ३ जनामा, भद्रपुरमा ५महिला सहित ११, अर्जुनधारामा ३ महिला सहित १०, बुद्धशान्तिमा २ महिला , कचनकबलमा १ जना महिला, कमलमा १ महिला सहित ६जना , शिवसताक्षीमा ३जना महिला,बाह्रदशीमा २ जना महिला र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
त्यस्तै निधन हुने संक्रमितहरुमा शिवसताक्षी ९ का ७७ बर्षीय पुरुष र बिर्तामोड ८ का ६५ बर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।झापामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ४८६ पुगेको । जिल्लामा १४८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु