हातपात पछि आम्दा अस्पतालको सेवा प्रभावित

2021-05-09 मा प्रकाशित

धुलाबारी, वैशाख २६ ।मेचीनगर १० स्थित आम्दा मेची अस्पतालका चिकित्सक माथी हातपात भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन । चिकित्सकमाथी हातपात गर्ने ब्यक्तिमाथी कारबाही नगरे अस्पतालको इमरजेन्सी सेवा समेत ठप्प पार्ने चिकित्सकहरुले चेतावनीले दिएका छन ।

शनिबार बेलुका मेचीनगर ९ का एकै परिवारका ३ जनालाई फुड पोइजन भएर आम्दा मेची अस्पतालमा उपचारका लागि ल्याइएको र त्यस मध्ये एक जना ८२ बर्षिय बिरामीको अवस्था सिकिस्त भए पछि ड्युटीमा रहेका डा दिपक शाहले बिरामीलाई आइसुयीको आवश्यकता पर्ने भन्दै आइसियु भएको अस्पतालमा लैजान रेफर गर्नु भएको थियो र बिरामीलाई अन्य अस्पताल लैजानेक्रममा मृत्यु भए पछि मृतकका आफन्तले डा शाह माथी हातपात गरेको अस्पतालका प्रमुख डा पोषण रमण त्रिपाठीले जानकारी दिए ।
‘महामारीको यस्तो बेलामा समेत उपचारमा खटिएका चिकित्सकमाथी हातपात गर्नु गलत हो ।’ डा त्रिपाठीले भने , ‘बिरामीको अवस्था हेरेर नै डा दिपकले आइसियु भएको अस्पतालमा रेफर गरेको र बिरामीकै परिवारले गरेको ढिलाईका कारण बिरामीको बाटैमा मृत्यु भएको हो ।’

पहिलेदेखि नै मुटु र प्रेसरको बिरामी र उमेर समेत बढी भएका कारण फुड पोइजनले बिरामीलाई सिकिस्त पारेकाले पनि आइसियुमा राख्न आफन्तलाई सुझाव दिएको डा त्रिपाठीले बताए ।

यसैबिच आम्दा मेची कै अर्का चिकित्सक डा सुदेश खनालले चिकित्सक माथी हातपात हुनु जगन्य अपराध भएको भन्दै घट्ना बारे छानबिन नहुन्जेलसम्मका लागि अस्पतालको इमरजेन्सी सेवा समेत ठप्प हुने फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु