नयाँ सरकार गठनको लागि बाटो खुल्यो , प्रधानमन्त्री ओली पदमुक्त

2021-05-10 मा प्रकाशित

काठमाडौं,२७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन् ।  विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । यो संगै नयाँसरकार गठनको लागि बाटो खुलेको छ ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे ।प्रस्तावको पक्षमा परेको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु