सरकार गठनका लागि राष्ट्रपतिले गरिन् आह्वान

2021-05-10 मा प्रकाशित

झापा, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले वत्र्तमान प्रधानमन्त्री ओलीलाई पदमुक्त गरेकी छैनन् । ओलीको हैसियत कामचलाउ हो कि के हो भन्ने प्रष्ट पारेकी छैनन् ।तीन दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि भनेर उनले दावी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु