झापामा कोरोना संक्रमणबाट ३ को मृत्यु ,१२१ जना संक्रमित थपिए

2021-05-11 मा प्रकाशित

मेचीनगर, २८ वैशाख । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज १२१ जना संक्रमित थपिएका छन् ।
मृत्यु हुनेमा गौरादह–२ का ५५ वर्षीय पुरुष, दमक–६ का ५५ वर्षीया महिला र अर्जुनधाराका ६२ वर्षीृय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

त्यसैगरी आजै १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ३८ महिलासहित १२१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ४ जना पुरुष, बिर्तामोडमा ७ महलिासहित ११ जना, मेचीनगरमा ५ महिलासहित १९ जना, भद्रपुरमा १८ महिलासहित ६० जना, हल्दिबारीमा २ महिलासहित ३ जना, अर्जुनधारामा १ महिलासहित ३ जना, बुद्वशान्तिमा ३ महिलासहित ११ जना, कचनकवलमा १ महिलासहित ७ जना जना, कमलमा १ महिलासहित २ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।योसँगै झापामा संक्रमितको संख्या ६६६७, डिस्चार्ज ४६७४, आइसोलेसनमा १८३९ जना, कुल संक्रमित एन्टिजेन २५९ जना र मृत्यु हुनेको संख्या १५८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु