झापामा आज ७ को मृत्यु , ३२५ जना संक्रमित

2021-05-12 मा प्रकाशित

मेचीनगर, २९ वैशाख । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । आज ३२५ जना संक्रमित थपिएका छन् ।
मृत्यु हुनेमा भद्रपुर–४ का ४८ र ४९ वर्षीय पुरुष, भद्रपुर–९ का ८८ वर्षीया महिला, मेचीनगर–६ का ६० वर्षीय पुरुष,कचनकवल–७ का६० वर्षीय पुरुष र बिर्तामोड–१ का ५३ वर्षीृया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

त्यसैगरी आजै ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार १६४ महिलासहित ३२५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा १२ महिलासहित २२ जना, बिर्तामोडमा ४७ महिलासहित ८२ जना, मेचीनगरमा १४ महिलासहित २७ जना, भद्रपुरमा २१ महिलासहित ५६ जना, हल्दिबारीमा ४ महिलासहित ८ जना, अर्जुनधारामा १३ महिलासहित ३४ जना, बुद्वशान्तिमा १० महिलासहित १९ जना, कचनकवलमा २ महिलासहित ५ जना जना, कमलमा ७ महिलासहित १३ जना, शिवसताक्षीमा ३ महिलासहित ६ जना, बाह्रदशीमा १ महिलासहित ४ जना, झापामा ३ महिलासहित ४ जना र ठेगाना नखुलेका ४ महिलासहित ६ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

योसँगै झापामा संक्रमितको संख्या ६९९२, डिस्चार्ज ४६९२, आइसोलेसनमा २१३९ जना, कुल संक्रमित एन्टिजेन ३०५ जना र मृत्यु हुनेको संख्या १६५ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु