झापामा निषेधाज्ञालाई थप कडा पारिने

2021-05-12 मा प्रकाशित

झापा, २९ बैशाख ।पछिल्लो समय झापा जिल्लामा कोरोना संक्रमण तीब्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञालाई थप थप कडाई गर्ने भएको छ ।

बुधबार जुम मिडिङ्ग मार्फत सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले अब निषेधाज्ञालाई थप कडाईका साथ लागु गरिने बताए । उनका अनुसार जिल्ला कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएको छ । कोरोनाको उपचार गर्ने अस्पतालहरु संक्रमितले भरिन थालेका अवस्था छ । उनले भने, अब संक्रमणको ग्राफलाई मध्यनजर गर्दै निषेधाज्ञालाई थप कडाई गर्नु पर्छ ।

देशका अन्य ठुला अस्पातालहरुमा आईसियू कक्ष भरिन थालेपछि झापामा अन्य जिल्लाबाट पनि उपचारका लागि झापा नै रोजाईमा परेको छ । यसले पनि उपचार सेवालाई विस्तार गर्नु पर्ने देखिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

अधिकारीका अनुसार झापाका प्रत्येक स्थानीयतहले पनि आइसोलेसन कक्ष र अक्सिजनको व्यवस्था मिलाएको जानकारी दिए । उनले जिल्लाका अस्पतालहरुमा भइरहेको कोभिड उपचारबारे जानकारी दिदैं उनले नयाँ भेरियन्ट चुनौति भएकाले सबैले आफ्नो स्वास्थ्यलाई ख्याल गर्न आग्रह गरे । झापा हाल १८६४ जना संक्रिय संक्रमित रहेका छन् ।जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले निषेधाज्ञाको उल्लंघन बढ्दै गएकालेले त्यसको प्रभावकारी कायान्वयनमा कडाई गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु