नेपाली काँग्रेसका नेता प्रेम राईको निधन

2021-05-13 मा प्रकाशित

मेचीनगर, ३० वैशाख । नेपाली काँग्रेसका नेता प्रेम राईको निधन भएको छ ।
मेचीनगर–६ स्थित रमाईलो गाउँ निवासी राईको ७७ वर्षको उमेरमा गएराति काठमाडौँमा निधन भएको हो ।

पारिवारिक श्रोतका अनुसार उनी केहि महिना अघि मिर्गौलामा स्टोन भएपछि शल्यक्रियाका लागि काठमाडौँ गएका थिए । छोरी ज्वाईको घरमा बसेका थिए । प्रेसर र सुगरका विरामी राईको सुगर कम नभएकाले गर्दा शल्यक्रिया नभएको परिवारले जनाएको छ ।बुधवार राति ११ वजे छोरीकै घरमा उनको ह्दयघात भएर निधन भएको परिवारले बताएको ।

पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय नेता राई २०१८ सालमा ७ वर्ष भारत निर्वासित भएका थिए । २०४६ सालको आन्दोलन तथा लोकतन्त्रको विभिन्न आन्दोलनमा नेता राईको अग्रीणी भूमिका थियो ।

काँग्रेस मेचीनगरका पूर्व सभापति, दुई पटक महासमिति सदस्य समेत रहिसकेका नेता राई काँकरभिट्टा माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष लगायत विभिन्न सामाजिक संघ संस्थामा कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन ।उनको पार्थिव शरिरलाई अन्तिम दाहसंस्कारका लागि काठमाडौँबाट आज ११ वजे काँकरभिट्टा ल्याईदैछ ।

उनका श्रीमती जुनु राई, छोरा÷वुहारीहरु बालाजित–चन्दा, दिनेश–सृजना र बालहरी–कोपिला राई तथा छोरी÷ज्वाईहरु रीणा–भानु राई, रेजिना–प्रतिक राई र प्रेजिना–विनोद लुईटेल छन् ।जेठा छोरा बालाजित काँग्रेस झापाका युवा नेता हुन, माइला छोरा दिनेश मेचीनगर नगरपालिकाका कर्मचारी हुन भने कान्छो छोरा बालहरी राई युरोपको लक्जम्बरमा बस्छन् ।
बालहरी केहि महिनाअघि घर आएका थिए । उनी वुहारीसहित केहिदिन अघि मात्र फेरि उतै गएका थिए । उनी कोरोनाका कारण जहाजहरु बन्द भएकाले बुबाको दागबत्ति दिन आउन नपाउने भएको परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु