हात्तीको आक्रमणबाट कमलमा एकको मृत्यु

2021-05-13 मा प्रकाशित

मेचीनगर, ३० वैशाख । झापाको कमल गाउँपालिका वडा नं। ३ का ४४ वर्षीय जितबहादुर लिम्बुको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ ।उनी च्याउ खोज्न एकाविहानै रतुवामाई वृक्षारोपण बन क्षेत्रमा गएका थिए

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार विहान ५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै लिम्बुको मृत्यु भएको हो ।च्याउ खोज्न गएका स्थानीयबासीले घटनाको खबर दिएपछि केरखा प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु