कनकाईका मेयर अक्सिजन सिलिन्डर बोकेर संक्रमितको घरघरमा

2021-05-13 मा प्रकाशित

कनकाई, ३० वैशाख । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल नगरभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिन्डर पुर्याउने अभियान सुरु गरेका छन् ।

कनकाईमा हाल १६० जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक औषधि र अक्सिजन सिलिन्डर घरमै पुर्याउन सुरु गरिएको नगरप्रमुख पोखरेलले बताए ।

नगरमा २० शैयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ । होम आइसोलेसनमा रहनुभएको नगरवासीलाई थप स्वास्थ्य सुविधा आवश्यक परेमा जुनसुकै बेला नगरको आइसोलेसन वार्डमा लैजाने व्यवस्था मिलाइएको र अझ बढी स्वास्थ्य सेवा जरुरत भएमा प्रदेश नं। १ को जुनसुकै सुविधासम्पन्न अस्पतालमा पुर्याउने व्यवस्था नगरपालिकाले नै गरेको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।

नगरप्रमुख आफै अक्सिजनको सिलिन्डर बोकेर सङ्क्रमितको घरमा पुग्नु हुँदा स्वास्थ्य सेवामा परिचालित स्वास्थ्यकर्मीको टोलीमा हौसला बढेको र नगरवासीमा आत्मवल उच्च भएको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारी बताउँछन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु