संक्रमण बढेपछि झापामा थप कडाइ, शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन नपाइने

2021-05-13 मा प्रकाशित

झापा, ३० वैशाख । झापामा कोरोना संक्रमण र मृत्युदर तीब्र बन्दै गएपछि शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन निषेध गरिएको छ ।जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र ९डीसीसीसएमसी० झापाको विहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि जिल्लामा औषधि पसल र पेट्रोलपम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ ।

जिल्लामा कोरोनाको संक्रमण झन बढ्न थालेपछि थप कडाइ गर्ने उद्देश्यले शुक्रबार राति १२ बजेदेखि आगामी जेठ ७ गतेसम्म अत्यावश्यक बाहेक सबै बन्द गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

सरकारी कार्यालय र अत्यावश्यक सेवाका कर्मचारीलाई विहान ९ देखि १० बजेसम्म तथा बेलुका ५ देखि ६ बजेसम्म आवतजावत गर्न दिने र अन्य समय कसैलाई पनि बाहिर हिडडुल गर्न नदिने निर्णय गरिएको उनले बताए ।हरियो सागसब्जी, फलफुल र डेरी उत्पादनलाई स्थानीय पालिका र वाणिज्य संघहरुको समन्वयमा विहान ८ बजेभित्र घरघरमा पुर्याउनु पर्नेछ भने खाद्यान्न लगायतका पसललाई खोल्न पाईने छैन । सहकारी संस्थाहरुले घरघर पुगेर बचत संकलन गर्ने कार्य समेतलाई अब बन्द गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु