राष्ट्रपति कार्यालयले भन्यो ‘बहुमतको सरकारमा कसैको दावी परेन’

2021-05-13 मा प्रकाशित

काठमाडौं,३० वैशाख । बहुमतको सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सीमा सकिएको छ । सो समय अवधिमा कसैले पनि सरकार गठनको लागि दावी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताए ।वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु